“भुइया” लाई पहिचान पुरस्कार दुई लाख प्रदान गरिने

लण्डन । २०१८ सालको पहिचान पुरस्कार “भुइया” लाई दिइने भएको छ।

पहिचान पुरस्कार कोशले पुरस्कार प्रदान गर्ने भएको हो ।

लेखक तथा अनुवादक यज्ञसलाई रु २,०२,००२ (अक्षरुपी दुई लाख दुई हजार दुई रुपैयाँ ) “पहिचान पुरस्कार” चैत्रको पहिलो साता प्रदान गरिने नेपाल प्रतिनिधि कवि गणेश खालिङ्ले जानकारी गराए ।

यज्ञशको कृतिले पहिचान बिहिन भुइ समुदायी र मान्छेहरुको कथालाई गहकिलो प्रस्तुत गरेका छन । पहिचान प्रात्तीको लागि संघर्ष गरिरहेका जाती, समुदायको कारुनिक कथालाई उनले भुइयामा समेटेका छन । मधेश क्षेत्रमा निरन्तर संघर्ष गरिरेहेका बलदेव रामको कथा सबै पहिचान बिहिनहरुको कथा हो र सुलो सदा, सावित्री चौधरी, पार्वती डगौरा , सलमा बेहेन, दुर्गा, ऊमा, तारा बिक, गंगामाया बानिया, नेप्लु, पुतली तमाङको संघर्षले उर्जा मात्र दिदैन, साच्चै सोच्मग्न बनाउछ । देशको एकात्मक अनुहारलाई बहुल बनाउन गरिएको उनिहरुको संघर्ष नै पहिचानको आन्दोलन भएकोले भुइयालाई यस् वर्षको पहिचान पुरस्कार दिने निर्णय गरेको पहिचान पुरस्कार कोशले जानकारी गराए।

लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्त दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धि लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको हो ।

नेपाली साहित्यको श्रीबृद्धिको लागि पहिचान सम्बन्धि अध्यान अनुशन्धन हुने, पहिचान सम्बन्धि लेखन सक्रिय बनाउँदै जाने र नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउँदै, नयाँ बहुल समाज निर्माणकोलागि पहिचान पुरस्कारको स्थपना गरिएको सस्थापक नरेश काङमाङ राईले बताए ।

पाँच–पाँच बर्षमा पुरस्कार राशी बढाउँदै लगिने कोषले जानकरी गराए । पुस्तक, कृतिलाई यो पुरस्कार दिईने भएता पनि लेखकको निरन्तरतालाई पनि महत्वको साथ हेरिने छ । यसअघि सो पुरस्कार राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’ र स्व अर्जुन खलिङ्को कृत गोयाङ्को सुगन्धलाई प्रदान गरी सकेको छ ।