बेलायतमा थारूले हर्षोल्लास पूर्वक माघी पर्ब मनाउदै

शिब भण्डारी

लण्डन ।लण्डनमा थारू जाति हरुले माघी पर्वका अवसरमा हर्षोल्लासका साथ विविध सांस्कृतिक कार्यक्रम गर्दै थारू समुदायको मुख्यपर्व माघी मनाउने भएका छन्।

लण्डनमा पहिलो पटक यो वर्ष माघी पर्वका अवसरमा माघी पर्व मनाउन लगिएको थारू कल्याणकारी सभाज यूकेका अध्यक्ष इ.कवि कुसुम्या थारूले लण्डन नेपाल न्युजलाइ बताए। ‘प्रवासमा पनि आफ्नो पहिचान र संस्कृति प्रवर्द्धन गरौं भन्ने उदेश्यले मेला आयोजना गरेका छौँ’, उनले भने। मेलामा थारू समुदायको जातीय कला संस्कृति र भेषभूषा  संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति हुने छ।

बेलायतमा पहिलो पटक गर्ने लागिएको थारू समुदाय द्वारा आयोजित माघी पर्व साउथ इष्ट लन्डनको प्लमस्टिडमा विशेष समारोहबीच १४ जनाबरी मंगलबार भब्य रुपले मनाउने तयारी गरेको छ ।

थारूहरूको नयाँ वर्ष २६४८ तथा सबै भन्दा ठूलो चाड माघी”थारू कल्याणकारी सभा,युके” को आयोजनामा हुन लागेको हो। कार्यक्रममा नेपालबाट पूर्व भूमि-सुधार मन्त्रि तथा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष माननीय रञ्जिता श्रेष्ठको प्रमुख आतिथ्यमा हुन लागेको हो ।

यसै गरी कार्यक्रममा विशेष अतिथिको रुपमा रोयल बरो अफ ग्रीनवीच मेयर जीत रानाभाटलाई निमन्त्रण गरिएको थारू कल्याणकारी सभा यूके अध्यक्ष इ.कबि कुसुम्यले बताए।कार्यक्रममा थारू समुदायको मौलिक संस्कृतिका साथै विभिन्न परिकार खाने,र धुमधामका साथ मनाउने तयारी गरिएको छ।

कार्यक्रम हुने स्थान
SE18 2JS
71 Kirkham street
Plumstead
PCWMC