सिड्नी । थारु म्युजिक भिडियो “पंछी दिवाना” को अस्ट्रेलियामा छायांकन सम्पन्न गरिएको छ । विशेषगरी थारु गीत संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने तथा प्रचार प्रसार गर्ने उद्धेश्यले उक्त गीतको छायांकन अस्ट्रेलियामा गरिएको हो । झुम्की प्रोडक्सन व्यानरले निर्माण गरेको उक्त गीतको फस्ट लुक तथा पोस्टर सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोमा अरुण आर्यन चौधरी र पुजा चौधरीले मोडलिङ गरेका छन् ।
भिडियोको निर्देशन चौधरी स्वयंले गरेका छन । सिड्नीका उत्कृष्ट छायांकार सन्तोष गुरुङले छायांकन गरेको भिडियोलाई ज्योती चौधरी र जेसन चौधरीले निर्माण गरेका हुन् । नेपालका चर्चित थारु गायक आर के थारु र सुमधुर स्वरकी धनी अनु चौधरीको स्वर रहेको गीतमा शब्द तथा संगीत आर के थारूको रहेको छ । गीतको संगीत संयोजन भने गणेश चौधरीले गरेका हुन् । गीतको म्युजिक भिडियो छिटै झुम्की प्रोडक्सन्न युट्युव च्यानलमा सार्वजनिक गरिने निर्देशक चौधरीले वताए ।






