सेल्फी खिच्दा अब पैसा पाइने

हरियाणा सरकारले अब सेल्फी खिचेर अपलोड गरेबापत् पैसा दिने भएको छ ।

इन्डियन एक्सप्रेस अनुसार ६ देखि १२ कक्षाका विद्यार्थीहरुले बिरुवा रोपिरहेको सेल्फी खिचेर एपमा अपलोड गर्दा प्रत्येक ६ महिनामा ५० भारु प्रोत्साहनस्वरुप पाइने बताइएको छ ।

हरियाण राज्यलाई हराभरा बनाउने उद्देश्यसहित ‘पौधागिरी’ अभियान अन्तर्गत यस्तो निर्णय गरिएको हो ।

मुख्यमन्त्री मनोहर लाल खट्टरले आइतबार गुरगाउँमा एक रुख रोपेर सो अभियानको थालनी गरेका हुन् । विद्यार्थीहरुलाई कुन एपमा फोटो अपलोड गर्ने भन्नेबारे चाँडै नै जानकारी दिइने बताइएको छ ।