फागुन ५ देखि ज्ञानेन्द्र मैदानमा

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाह विशेष राजनीतिक संवादका निम्ति गत साता थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् । गत बुधबार माघ १९ गते साँझ चिनीया राष्ट्रपति सी जिनपिङका विशेष प्रतिनिधिसँग रात्रीभोजसहितको भेटवार्तापछि उनी बैंकक प्रस्थान गरेका हुन् ।

शाहले त्यहाँ चीन र भारतका विशेष दूतहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने समाचार सूत्रहरुले जनाएका छन् । बैंकक जानुअघिका केहि दिनभित्र उनले नेपालमा केही राजनीतिक दलका नेताहरुसँग पनि परामर्श गरेका थिए ।

राजसंस्थाको भविष्यबारे ज्ञानेन्द्र शाह निर्णायक वार्तालापको चरणमा प्रवेश गरेको बताइएको छ ।

बैंककबाट फर्किएपछि सपरिवार मधेसको विशेष भ्रमणमा जाने स्रोतको जानकारी छ । उनी आगामी फागुन ५ गते बाराको सिमरा पुग्नेछन्।

फागुन ७ गते पूर्व बडामहारानी कोमलको ६७ औं जन्मदिन सिमरामै मनाउने कार्यक्रम छ ।