फिल्म सुरु हुनुअघि राष्ट्रिय गान !

film hallकाठमाडौं- चलचित्र विकास बोर्डले फिल्म सुरु हुनुअघि अनिवार्य राष्टि्रय गान बजाउनुपर्ने नियम बनाएको छ ।

बोर्डले विज्ञप्ति जारी गर्दै ‘एकता र राष्ट्रियताको सन्देश प्रवाह गर्ने सन्दर्भमा नेपालभरका सबै चलचित्रघरहरूमा चलचित्र प्रदर्शन सुरु हुनु अगावै राष्ट्रिय गान बजाउने व्यवस्था गर्ने’ निर्णय भएको जनाएको हो । बोर्डले मल्टीप्लेक्सहरुमा समेत बजाउन मिल्ने गरी राष्ट्रिय गानको श्रव्यदृश्य सामाग्री निर्माण गरि चलचित्र घरहरुमा पठाइने समेत जनाएको छ ।

पञ्चायतकालमा फिल्ममा अनिवार्य राष्ट्रिय गान बजाउनु पर्ने नियम थियो । प्रजातन्त्र आएपछि यो नियम हटाइएको थियो । केहीसमय अघि पनि यस्तो नियम ल्याउने चर्चा चलेपनि ल्याइएको थिएन ।