कांग्रेस भद्र सहमतिमा फर्किए राष्ट्रिय सरकार बन्छ : पोखरेल

shankar-pokharelउदयपुर- नेकपा एमालेका स्थायी समिति सदस्य शङ्कर पोखरेलले नेपाली कांग्रेस पुनः भद्र सहमतिमा फर्किए कांग्रेसको महाधिवेशनपछि कांग्रेस तथा मधेसकेन्द्रित दलसहितको राष्ट्रिय सरकार गठन हुन सक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल उदयपुरले सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले अब फागुनपछि राष्ट्रिय सरकार गठन हुने सम्भावना रहेको र त्यसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि सहभागी गराउन एमाले तयार रहेको बताए ।

अहिले संविधान संशोधनबाट मधेसी जनताको भावनकाको कदर गरिएको जिकिर गर्दै उनले मधेसी मोर्चाका केही माग भने पूरा हुन नसक्ने बताए ।