रेडिंगमा २०५ औँ भानु जयन्तिमा भाषा साहित्य प्रतीको अभिरुचि

लन्डन । प्रबाशमा रहेका नेपालिहरुले आदिकवी भानुभक्त आचार्यको जन्मदिन मनाउने परिपाटी चलिरहेको समयमा बेलायतको रेडिंगमा पनि एक कार्यक्रमका बिच मनाइयो।

ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन ( GRNCA ) द्वारा गत केहि बर्ष देखी नियमित रुपमा मनाईँदै आएको भानु जयन्ति कबिता प्रतियोगिता यस बर्ष पनी यहि जुलाई १४ तारिखको दिन स्वतन्त्र कबिता बाचन तथा कबिता प्रतियोगिताका साथ भब्य र सभ्यताका साथ संपन्न गरियो।

रेडिंग नेपाली समाजले गत २०१५ साल देखी नियमित रुपमा मनाऊन शुरु गरेको यो कार्यक्रमलाई आफ्नो बार्षिक क्यालेन्डरमा राख्नुका साथै भानु जयन्तिलाई कबिता प्रतियोगिताको रुपमा मनाऊँदै आएको हो । GRNCA ले २०१६ सालमा ग़ैर आबासिय नेपाली संगठन बेलायत (NRNA UK ) को भाषा साहित्य बिभागसंग सहकार्य गर्दै मनाएको थियो भने गत बर्ष साहित्य संगम यु के संग सहकार्य गर्दै संयुक्त रुपमा मनाएको थियो । यस बर्ष पनी GRNCA र साहित्य संगम युकेले भानु जयन्ति संयुक्त रुपमा नै आयोजना गरेको थियो ।

भानुभक्तको तस्बिरमा माल्यार्पण गरी शुरुवात गरिएको ऊक्त कार्यक्रमको सभापतित्व रेडिंग नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले गर्नुभएको थियो भने प्रमुख अतिथि अक्षर अभियन्नतकार, गितकार तथा संगीतकार किरण प्रधान हुनुहुन्थ्यो । कार्यक्रम को शुरुमा रेडिंग नेपाली समाज का अध्यक्ष्य न्यैपानेले ऊपस्थित सबैलाई श्वागत गर्नु भयो साहित्य संगम युके का संस्थापक अध्यक्ष्य बिनोद अधिकारीले बेलायतमा भाषा साहित्य प्रतीको अभिरुचि र यस तर्फ बढ्दै गरेको मोह तथा रेडिंग नेपाली समाज र साहित्य संगम युके को सहकार्यको बारेमा आफ्नो मन्तब्य ब्यक्त गर्दै नेपाली भाषा साहित्यमां आदिकबी भानुभक्त आचार्यको योगदानको बारेमा पनी प्रकाश पार्नु भयो ।

यसरीनै प्रमुख अतिथीको आसनबाट बोल्दै गीतकार किरण प्रधानले आँफ्नो अक्षर अभीयानको बारेमा प्रकास पार्दै गीत संगीत कला र भाषा साहित्य प्रति बेलायतबासी नेपालीहरुको लगाब र योगदानको कदर गर्दै एस्ता कीसिमका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाऊँदा आँफुलाई ज्यादै खुसी लागेको छ भन्नुभयो । कार्यक्रमको पहिलो चरणमा रेडिंग नेपाली समाजका सदस्य द्वय स्थानीय होनहार युबाहरु डा.प्रबिण दाहाल र डा. बासु पौड्याललाई समाजको तर्फबाट अध्यक्ष्य न्यौपाने द्वारा फुलको गुच्छा र शुभकामना संदेश का साथ सम्मान गरीएको थियो । ऊहाँहरु दुबै जनाले हालै मात्र दुई छुट्टा छुट्टै बिश्वबिध्यालयबाट बिधाबारिधि हाँसिल गर्नुभएको थियो।

कार्यक्रमको मध्य भागमा १८ बर्ष मुनीका र १८ बर्ष माथीका गरि छुट्टा छुट्टै समुहमा बिभाजन गरिएको कविता प्रतियोगिता आयोजना गरिएको थियो । कबिता मूल्यांकन को लागी गैरआबासिय नेपाली संगठन युकेका भाषा साहित्य बिभाग प्रमुख साहित्यकार तथा पत्रकार नारायण गाँऊलेको नेतृत्वमा दुई सदस्य समिती बनेको थियो जस्मा ऊहाँलाई स्थानीय साहित्यकार डा. प्रवीण दाहालले साथ दिनु भएको थियो । प्रतियोगितात्मक कबिता बाचनको कार्यक्रमको लगत्तै अप्रतियोगितात्मक कबिता हरु पनी बाचन गरिएका थिए ।

कार्यक्रममा ललित दुधराज र प्रतिमा दुधराजले भानुभक्त संबन्धित सुमधुर गीत संयुक्त रुपमा प्रस्तुत गर्नुभएको थियो । प्रतियोगिता मा भाग लिने कबिहरुमा लक्ष्मि पौडेल , निर्मला न्यौपाने , लाल बहादुर गुरुंग , प्रतिमा दुधराज , भरत पौड्याल , एलेक्स सापकोटा , ऋसब न्यौपाने , आध्या भट्टराई र केनिशा गौतम थिए भने कार्यक्रममा अन्य थप १० वटा अप्रतियोगि कबिताहरु पनी बाचन गरिएका थिए जस्मा त्रिलोचन गौतम , बलदेब भट्ट , प्रतिमा दुधराज , लक्ष्मी पौड्याल , प्रमुख अतिथि किरण प्रधान , सभापति कृष्ण न्यौपाने , साहित्य संगम युके संस्थापक बिनोद अधिकारी , निर्णायक मण्डली को तर्फबाट नारायण गाऊँले र संयोजक ओमकार अधिकारीले पनी आआफ्ना कबिता बाचन  गरेका थिए ।

कबिता बाचनकै क्रममा गैरआबासिय नेपाली संगठन युकेका भाषा साहित्य बिभाग प्रमुख साहित्यकार तथा पत्रकार नारायण गाँऊलेले निर्णायक मण्डल को तर्फबाट बोल्दै कबिता मूल्यांकन गर्ने काम एक चुनौतीपूर्ण काम भएको र एकजनालाई अति राम्रो लागेको कबिता अर्कोलाई सामान्य पनी लाग्न सक्ने भन्दै यस्मा कुनै बैज्ञानिक मापनयन्त्र नभएको हुँदा नतीजा सबैलाई चित्त नबुझ्न सक्छ भन्दै आँफुलाई बिश्वास गरी यो महत्वपूर्ण जिम्मेवारी सुम्मेकोमा आयोजक  दुवै सँस्थालाई धन्यवाद पनी दिनुभयो । कार्यक्रमको अर्को चरणमा निर्णायक मण्डल बाट प्राप्त नतीजा कार्यक्रम संचालक ओमकार अधिकारीले सुनाएका थिए भने रेडिंग नेपाली समाज का पुर्ब अध्यक्ष्य द्वय अर्जुन बस्नेत तथा मान बहादुर गुरुंग , कार्यक्रम का प्रमुख अतिथि किरण प्रधान , सभापति न्यौपाने र सह – आयोजकको तर्फबाट बिनोद अधिकारी र निर्णायक मण्डल को तर्फबाट नारायण गाऊँलेले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

१८ बर्ष मुनीको समुहमा केनिशा गौतम प्रथम र आध्या भट्टराई दोस्रो , एलेक्स सापकोटा तृतिय भए भने ऋसब सापकोटाले सान्त्वना पुरस्कार प्राप्त ग्रेटर । त्यस्तै १८ बर्ष माथीको समुहमा भरत पौड्याल प्रथम र प्रतिमा दुधराजले दोस्रो र लाल बहादुर गुरुंगले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो भने लक्ष्मी पौडेल र निर्मला न्यौपानेलेले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको थियो । प्रतियोगितामा भाग लिने सबैको लागी प्रसंसापत्र प्रदान गरिएको थियो भने उत्कृष्ट ठहरिएका दुबै समुहका प्रतियोगि हरुको लागी सुनौला ट्रफि पुरस्कारको रुपमा प्रदान गर्रिएको थियो ।

अत्त्यमा कार्यक्रममा उपस्थित संपुर्ण साहित्यिक मनहरूलाई रेडिंग नेपाली समाज र साहित्य संगम युकेको तर्फबाट धन्यवाद ज्ञापन गर्दै संयोजक अधिकारीले सभापतीको अाज्ञाले कार्यक्रम समापन भएको घोषणा गर्दै सभा बिसर्जन गरिएको थियो ।