काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्ने भएको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले आज दिउँसो ४ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।
नतिजा सार्वजनिक गर्न आज तीन बजे बोर्ड बैठक डाकिएको छ । ४ बजे पत्रकार सम्मेलन राखिएको बोर्डले जनाएको छ ।






