चितवन । भरतपुर महानगरपालिका वार्ड नं १ देवाघाटमा अवस्थित भरतपुरको एक मात्र संस्कृत विद्यालय सीताराम संस्कृत माध्यमिक विध्दायलयमा विद्युतिय पुस्तकालय समुद्घाटन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को लाईब्रेरी परियोजना अन्तर्गत नेपाल लाईब्रेरी फउण्डेसनको प्राविधिक सहयोगमा सो लाईब्रेरी उद्घाटन गरिएको हो ।

गैरआवासीय नेपाली संघका संरक्षक राम प्रताप थापा र सहकोषाध्यक्ष एवं नेपाल लाईब्रेरी फाउण्डेसनका अन्तर्राष्ट्रिय संयोजक सोम नाथ सापकोटाले संयुक्त रुपमा सो लाईबे्ररीको उद्घाटन गरेका थिए ।

गैरआवासीय नेपालीहरु र अन्य संघ संस्थाहरुको सहयोगमा उक्त विद्यालयललाई २० कम्प्युटर अफलाइनमा अध्ययन गर्ने प्रविधिको व्यवस्था छ । इ पुस्तकालयमा उपलब्ध भएका सफ्टवेयरको निर्माण ओपन लर्निगं एक्सचेन्ज नेपालले गरेको हो । गैरआवासीय नेपाली संघका संरक्षक राम प्रताप थापाले संघको तर्फबाट इपुस्तकालयका लागि चाहिने आवश्यक सफ्टवेयरहरु उपलब्ध गराई सहयोग गरेका थिए ।

फेसबुक कमेन्ट