लन्डन । नेपाल सरकार अमेरिकामा रहेका नेपालीका लागि टिपिएस नवीकरणमा लचक देखिएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले टिपिएस नवीकरण गर्ने विषयमा अनुदार देखिएको हो ।
तीन बर्षअघिको शक्तिशाली भूकम्पको कारण अमेरिकामा बसोबास एवम् कामकाजका लागि कानूनी हैसियत नभएका आप्रवासी एवम् विद्यार्थीलाई अध्यागमन सम्बन्धी दिइएको अस्थायी संरक्षणको व्यवस्था (टीपीएस)नविकरणको दिन नजिकिदै आएको भन्दै चिन्ता व्यक्त भइरहँदा सरकारीस्तरबाट यस्तो प्रतिक्रिया आएको हो ।
गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका संयोजक गौरी जोशी र आईसिसी सल्लाहकार हरिबोल भण्डारीसहितको टोलीले परराष्ट्र सचिव शंकर बैरागीलाई भेटमा सकारात्मक प्रतिक्रिया आएको जनाइएको छ ।






