अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनबीच हुने भनिएको शिखर वार्ता निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन् ।
यी दुईबीच आउँदो जून १२ तारिखमा वार्ताको मिति तोकिएको थियो । अप्रिलमा किम र मूनबीच भएको भेटघाट पछि उक्त बैठक हुने भनिएको थियो ।
उक्त शिखरवार्ता आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मून जे–इन ह्वाइट हाउसमा छन् । उनको स्वागतको क्रममा ट्रम्पले सो कुरा बताएका हुन् ।
ट्रम्पले उत्तर कोरियाले निश्चित शर्तहरु पूरा नगरे वार्ता पर सर्ने संवाददाताहरुलाई जानकारी दिएका छन् ।
किमसँग वार्ता विफल हुने डरले के ट्रम्पले भारतीय मन्त्रीलाई कुरा मिलाउन उत्तर कोरिया पठाए ?
दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापको रिपोर्ट अनुसार मूनले ‘किमबाट के अपेक्षा गर्ने र के नगर्ने’ भन्नेबारे ट्रम्पसँग छलफल गर्ने सम्भावना रहेको छ ।
यता उत्तर कोरियाले भने अमेरिकाले एकपक्षीय ढङ्गले निःशस्त्रीकरणमा जोड दिए वार्तामा नबस्ने चेतावनी दिएको छ ।






