३० दलीय मोर्चाको सभा जारी

खुला मञ्च जाँदै गरेको ३० दलीय मोर्चाको जुलुस न्यूरोड गेट अगाडी। तस्बिर: दिपेश श्रेष्ठ खुला मञ्च जाँदै गरेको ३० दलीय मोर्चाको जुलुस न्यूरोड गेट अगाडी। तस्बिर: दिपेश श्रेष्ठ
काठमाडौं–एमाओवादी नेतृत्वको ३० दलीय गठवन्धनले राजधानीमा विरोधसभा गरिरहेको छ। पहिचानसहितको संघीयता र सहमतिबाटै संविधान जारी गर्न दबाब दिने उद्देश्यले आयोजना गरिएको पहिलो चरणको अन्तिम कार्यक्रम अन्तर्गत खुलामञ्चमा गठबन्धनका नेताले सम्बोधन गरिरहेका छन्।
30 party alliance rally-04
कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले आफूहरु जातीय राज्यको पक्षमा नभएको तर्क पेश गरिरहेका छन्। पहिचानसहितको संघीयता आफ्नो माग भएको उनिहरुको भनाई छ।
सभालाई सम्बोधन गर्दै आदिवासी जनजाति आन्दोलनका प्रवक्ता ओम गुरुङले आफूहरुको आन्दोलन उत्पीडनमा परेका तथा पहिचानको लाथि भएको दाबी गरे। उनले आदिवासी जनजातिलगायत उत्पीडनमा परेका जातिको पहिचानको पक्षमा रहेको बताए। उनले सत्तापक्षले दलले पहिचानसहितको संघीयता दिए मुलुक टुक्रिन्छ भन्दै गलत आरोप लगाएको बताए।  उनले आदिवासी जनजाति बन्दुकसँग खेलेर हुर्किको भन्दै आवश्यक परे बन्दुकसँगै मर्न तयार भएको दाबी गरे। रुक्मीणी चौधरी, एमएस थापा लगायतका नेताहरुले सभालाई सम्वोधन गरिसकेका छन्। आमसभामा गठवन्धनका अन्य नेताहरुले बोल्ने क्रम जारी छ।