बेलायती दूतावास र खोज पत्रकारिता केन्द्रको सहकार्यमा स्थापित प्रतिस्पर्धात्मक खोज पत्रकारिता अभियानका बिजेताहरु घोषणा गरिएका छन्। यस वर्षको अभियानमा कान्तिपुर दैनिकका मकर श्रेष्ठ, नागरिक दैनिकका कलेन्द्र सेजुवाल, हिमाल खबर पत्रिकाका तुफान न्यौपाने र नयाँ पत्रिका तथा राससका कल्पना भट्टराई छनोट भएका छन्।
खोज पत्रकारिता अभियानका विजेता घोषणा
काठमाडौंस्थित बेलायती दूतावासमा बुधबार आयोजित समारोहमा उक्त अभियान बिजेताको नाम घोषणा गरिएको हो।
बिजेताहरुलाई आगामी सेप्टेम्बरमा बेलायतको राजधानी लण्डनमा खोज पत्रकारिता अध्ययन भ्रमण गराइनेछ। बेलायती राजदूत जन र्यान्किन र खोज पत्रकारिता केन्द्रका अध्यक्ष कुन्द दीक्षितले बिजेताहरुको नाम घोषणा गरेका हुन्।
यसपटकको खोज पत्रकारिता प्रतिस्पर्धात्मक अभियानको लागि कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा, सेतोपाटीका प्रधानसम्पादक अमित ढकाल र उज्यालो नेटवर्कका निर्देशक गोपाल गुरागार्इँको मूल्यांकन समिति गठन गरिएको थियो।
तस्बिर श्रोत :सेतोपाटी






