‘तिम्री छोरीले आमा भन्न नपाउँदै समिरा तिमी कहाँ गयौ’

index

समिरा तिमीलाई हार्दिक श्रद्धाञ्जली !! तिम्रो आत्माले शान्ती पाओस !! तिमी ठुलो सपना बोकेर अमेरिका पुगेकी थियौ ! एउटा बिद्यार्थी जीवन संघर्ष गर्दै ,केहि व्यवसाय समेत गर्दै थियौ ! ३१ बर्षे कलिलो जीवन, कति मनोकांक्षाहरु थिए होलान, कति सपना र रहरहरु थिए होलान !

तर, ति सबै अचानक अधुरा र अपुरानै हुन पुगे ! साथी भाईहरु बीच तिमी कति प्रिय थियौ ! परिवारको त झन् रानु नै थियौ ! तर आज तिम्रो घर परिवारमा निकै ठुलो बज्रपात परेको छ ,तिमी अब यस धर्तीमा रहिनौ ! त्यहाँ नेपालीहरु शोकमा डुबेका छन् यहाँ सिंगो नेपाली समाज माथी नै बज्रपात परेको छ । अकल्पनीय घटनाले सबैका आँखा रसाएका छन् ! तिम्रो दुखद खबरले मनहरु पिरोलिएका छन्, शोकाकुल बनेका छन्, क्रन्दन मै परिणत भएका छन् । कसैको मन थामिएको छैन । थामिनु पनि कसरि केहि बर्ष अघि मात्र तिमीलाई तिम्रा साथीहरुले हात हल्लाउँदै बिदा गरेका हुन् ।

कस्तो दिन रैछ त्यो बुधबार को ! एक लुटेराको हातबाट बन्दुक प्रहार भइ टेक्सास अमेरिकामा तिम्रो हत्या गरियो ! तिम्रो ९ महिनाकी छोरी अर्की २ बर्षे छोरी दुवैलाई तिमी यो धर्तीमा अब नरहेको कुरा समेत थाहा नहुने गरी तिमी यस संसारबाट सदाका लागि बिदा भयौं ! तिम्रो अन्त्येष्टि तथा भावपूर्ण बिदाईको समय निकै कष्टपूर्ण रहेको यहाँबाट अनुमान गर्न सकिन्छ ! यस दुखद घडीमा तिम्रो आत्माको चीर शान्तीको कामना गर्दछौं ! झन्डै ५०० भन्दा बढी नेपालीहरुको उपस्थितिमा ड्यालसको लुइसभेली क्रिमेसन सेन्टरमा हिन्दु बैदिक परम्परा अनुसार बैदिक मन्त्रोच्चारण गरि दाहसंस्कार गरिएछ !

तिमीलाई नेपालमा समिरा शिवाकोटी भनेर चिन्नेहरुले यहींबाट श्रद्धान्जली अर्पण गरेका छन् । सम्पूर्ण शोकशन्तप्त परिवारलाई धैर्य धारण गर्ने क्षमता इश्वरले प्रदान गरुन भन्ने कामना गरेकाछन । यो असामान्य घटनाको सबैले मिलेर साहस एवं धैर्यताका साथ सामना गर्नु पर्ने तथा सिवाकोटी परिवारको हरपल साथमा रहदै हत्याराको पहिचान गरि कडा भन्दा कडा सजायको मागको निमित्त समेत हाम्रो बुलन्द आवाज अमेरिका पुगोस हामी यही कामना गर्छौं ! केहि समय अघि समानता मारिएकी थिइन्, त्यहाँ प्रत्येक महिना एक जना नेपालीले हठात् मृत्युबरण गरिरहनु परेको अवस्था छ, यता खाडी मुलुकहरुमा त्यो भन्दा जर्जर अवस्था छ जीवनको ! आखिर नेपालीहरुको जीवनको नियतिनै यहि त पक्कै होइन होला ! तिमीलाई शब्द सुमन !

सङ्गीतकार एवं गायक : टीका भण्डारी