संसारमा यस्ता निकै कम व्यक्ति हुन्छन् जसले आफ्नो देशकै नाम परिवर्तन गर्ने सामथ्र्य राख्छन् । तर यस्तै असम्भव लाग्ने काम स्वाजिल्याण्डका राजाले गरेका छन् ।
अफ्रिकाको अन्तिम साम्राज्य स्वाजिल्याण्डका राजा मस्वाती तृतीयाले बुधबार आफ्नो देशको नाम परिवर्तन गरेर ‘द किंगडम अफ इस्वातिनी’ राख्ने घोषणा गरेका छन् ।
देशको स्वतन्त्रताको ५० औं वर्षगाँठमा आयोजित एक कार्यक्रममा राजाले यसको आधिकारिक घोषणा गरेका हुन् ।






