आप्नै निवासमा लडेर अस्वस्थ हुनुभएका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । राजधानीको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत संगीतकार गुरुङको अवस्था सामान्य रहेको डाक्टर विदूर राईले जानकारी दिनुभयो । गुरुङको आज बिहान साढे १० बजे एमआरआई परीक्षण गरेपछि समस्या पहिचान हुने उहाँले बताउनुभयो । हिजो आप्mनै निवासमा लड्दा गुरुङको टाउकोमा चोट लागेको थियो । चोटका कारण गुरुङको मष्तिष्कमा असर पुगेको छ । गुरुङ मधुमेह र पार्किन्सन रोगबाट समेत पीडित हुनुहुन्छ । उहाँको उपचारमा डाक्टर अमित थापालगायतको टोलि संलग्न छ । ७७ वर्षीय गुरुङ नेपाल संगीत नाट्य प्रज्ञापतिष्ठानका पूर्वकुलपति हुनुहुन्छ । उहाँले राष्ट्रिय गीतमा पनि संगीत भर्नुभएको छ ।
अमर गुरुङको स्वास्थ्य सामान्य






