दीपक मनाङ्गे स्वयम्भूबाट पक्राउ

काठमाडौं- फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका सर्वोच्चको उनी सुरुमा सिक्किम पुगेका थिए ।

पछिल्लो सातादेखि भने उनी काठमाडौं आसपासमै थिए उनको लोकेसन नुवाकोट ट्रयाक भएपछि प्रहरी टोली त्यहाँ पनि पुगेको थियो । ठाउँ फेर्दै बस्दै हिँडेका उनी बिहीबार स्वयम्भूबाट पक्राउ परे ।