लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रम आयोजना गरि नयाँ वर्ष २०७५ भव्यताका साथ् मनाएको छ।
सोमबार बेलुका किंग्स हल,बिल्स्टोन रोड, वोल्भर्हाम्प्टनमा आयोजना भएको यस कार्यक्रममा ३ सय जना भन्दा धेरै को उपस्थीति थियो । कार्यक्रममा वोल्भर्हाम्प्टन सिटीका मेयर फिल पेज, मेयारेस, पूर्व मेयर, ५ जना काउन्सिलरहरु लगाएत अन्य संग सस्थाका पधाधिकारीहरुको पनि उपस्थिति थियो। सस्थाका अध्यक्ष श्रि शिव लाल खराल र मेयर फिल पेज ले पानस मा बत्ति बालेर कार्यक्रम को उद्घाटन गरेका थिए । उपादक्ष्य श्रीमती गोमा पौडेलले स्वागत मन्तब्य दिएको उक्त कार्यक्रम संचालन महासचीब डा. कृष्ण सापकोटा ले गरेका थिए भने, कार्यक्रमको आर्थिक ब्यबस्थापन कोसादक्ष्य श्री राम चन्द्र सुबेदी ले गरेका थिए । कार्यक्रम को प्रारम्भ मा गायिएको राष्ट्रिय गानले सबै को ध्यान आकर्षण गरेको थियो ।नेपाल बाट पाल्नु भएका ख्याती प्राप्त लोक गायक रमेश राज भट्टराई तथा गायिका चन्द्रा कार्कीको बेजोड प्रस्तुति रहेको थियो।
कार्यक्रममा नया वर्षको शुभ कामना मन्तब्य दिदै वोल्भर्हाम्प्टनका मेयरले यति राम्रो प्रस्तुति हेर्न पाउदा आफुलाइ एकदम खुसि लागेको बताए । नेपालीहरुको बाक्लो उपस्थिती र कार्यक्रममा सक्रिय सहभागिता रहेको देखेर आफुलाई भबिस्यमा जुनसुकै कार्यक्रमको लागि पनि सम्झिन आग्रह समेत गरे । साथै आफ्नो तर्फ़ बाट सस्थालाई हरेक किसिमको सहयोग गर्ने प्रातिबद्धता जनाए । साना साना नानीहरुको सास्कृतिक नाचले आफूलाई निकै प्रभावित भएको र भबिस्यमा पनि यस सस्थाको कार्यक्रममा आफ्नो सक्दो उपस्थिति जनाउने बताए ।
एनआरएन आइ सी सी का सह-कोसादक्ष्य सोम सापकोटा, शान्ति समाज युकेका अध्यक्ष कोलेश्वोर ढकाल, मनकामना महिला समूह कि महासचिब श्रीमती यसोधा तिवारी, पूर्व अध्यक्षहरु मिलन सापकोटा, श्री कृष्ण शर्मा, सरल बचत तथा रीण सहकारी सस्थाका अध्यक्ष गुरु भण्डारी लगायतले शुभकामना मन्तब्य राख्दै नेपाली नया वर्षको शुभकामना ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा, आर्थिक सहयोग दाताहरुको पनि सक्रिय उपस्थिति थियो।











