विराटनगर । मोरङको विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयमा आज साँझ बम विस्फोट भएको छ । कार्यालयको पश्चिमपट्टिको पार्खालमा बम विस्फोट भएको विराटनगर प्रहरीले जनाएको छ ।
सवा ८ बजे भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए ।






