बैशाख २२ मा धुमधामसंग उभाैलि पर्व मनाईंदै !!

www.londonnepalnews.com

काठमाडौ,

बैशाख २२ गते शनिबार ठिक १० बजे उभाैलि पर्वको अबसरमा बृहत सांस्कृतिक कार्यक्रम तथा नेपाल भाषा अायाेग बारेमा अायाेगका अध्यक्षबाट भाषाकाे महत्त्व संबन्धि जानकारी प्रधान हुने भएको छ। काठमाडौको धुम्बाराइ स्थित SR पार्टी प्यालेस मा आयोजना हुने उक्त कार्यक्रममा बिज्ञहरु तथा सहयोगी हातहरुलाई उपराष्टपति ज्युकाे हातबाट सम्मान पत्र प्रदान गरिने छ ।london nepal news

किराँत महासंघका अध्यक्ष पृथ्वी राज मुकारुङले सम्बोधन गर्ने सो कार्यक्रममा बृहत सांस्कृतिक कार्यक्रमका साथमा उपस्थिति सम्पूर्ण माहानुभावहरुलाई दिवा भाेजको पनि ब्यवस्था गरियको जानकारी छ । किराँत रदु नाछिरिङ केन्द्रीय कार्य समिति काठमाडौको आयोजनामा हुन लागि रहेको सो कार्यक्रममा सम्पूर्ण अाम नेपालीलाई उपस्थिति भई ज्ञानका साथमा भरपुर मनाेरन्जन लिन आयोजकले हार्दिक अपिल गरेको छ ।