भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री स्वेदश फर्कंदै

k|wfgdGqL cf]nL ef/t k|:yfg k|wfgdGqL s]kL zdf{ cf]nL ldq/fi6« ef/tsf] tLglbg] /fhsLo e|d0fsf nflu z'qmaf/ k|:yfg ug'{cl3 lqe'jg cGt/f{li6«o ljdfg:yndf clejfbg ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं- तीने भारत भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री केपी ओली उत्तराखण्ड जाँदैछन् । उनी उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीलाई सो विश्वविद्यालयले मानार्थ विद्यावारिधी उपाधि दिनेछ । कार्यक्रम सकेर आजै साँझ प्रधानमन्त्री ओली लगायतको भ्रमणटोली स्वदेश फर्किनेछन् ।

यसैविच तीन दिने राजकीय भारत भ्रमणमा नेपाल र भारतले तीन नयाँ समझदारी सहित १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । वक्तव्यको बुँदा नम्बर ९ मा कृषि क्षेत्रमा सहकार्य गर्ने, रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने विषयमा छुट्टाछुट्टै समझदारी समेत भएको छ ।

जलमार्ग सम्बन्धी समझदारी अनुसार नेपालले अब कार्गोहरूको ढुवानी जलमार्ग मार्फत गर्न पाउनेछ । समझदारीमा भनिएको छ – ‘व्यापार तथा पारवान सम्झौता अन्तर्गत रहेर जलमार्ग मार्फत कार्गो ढुवानीका लागि भारतले नेपाललाई समुन्द्रसम्मको पहुँच दिने ऐतिहासिक समझदारीमा दुई प्रधानमन्त्री सहमत छौँ।’जलमार्ग सम्बन्धी व्यवस्था समेट्न दुई देश बीच व्यापार तथा पारवाहन सम्झौता संशोधनका लागि आवश्यक गृहकार्य गर्ने समझदारी समेत भएको छ ।