एनआरएनए यूकेले दुई साताभित्र गैर आवासीय नेपाली नागरिकता सम्वन्धमा राय सुझाव दिने

लन्डन । एनआरएनए यूकेले दुई साताभित्र गैर आवासीय नेपाली नागरिकता सम्वन्धमा राय सुझाव दिने भएको छ । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली नागरिकता सम्वन्धमा केही राय सुझाव भए पेश गर्न एनआरएनए केन्द्रलाई आग्रह गरेकाले दुई साताभित्र सुझाव सल्लाह संकलन गरि पठाउने निर्णय गरेको हो ।

शुक्रबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा भएको बैठकमा अध्यक्ष योगकुमार फगामीले सबै नेपालीलाई आफ्नो सुझाव सल्लाह भए दिन अपिल गरे । महासचिव आर के त्रिपाठीले संघले तीन महिनाभित्र नेपाली बढि भएका शहरहरु साउथ इष्ट लन्डन, वेष्ट लन्डन, हयाम्ससायर, फोकस्टन केन्ट, रेडिंग आदि ठाउंमा काउन्टी समिति विस्तार गर्ने क्रम तीव्र पार्ने जानकारी दिए । बैठकमा बेलायतको २०२१ मा हुने जनगणना (सेन्सस) को फाराममा नेपाली पहिचान दिलाउन अदर इथ्नीसिटीको सट्टा नेपाली राखिनुपर्ने माग प्रधानमन्त्री टेरेजा मेसम्म पुरयाउन सहयोग गरेको भन्दै रसमोर बरो काउन्सिल लिडर काउन्सिलर डेभिड क्लीफोर्डलाई धन्यवादसहित सम्मान गरियो ।

अध्यक्ष फगामीले क्लीफोर्डलाई खादा, मायाको चिनो प्रदान गर्दै सहयोगका लागि आभार व्यक्त गरे । एनआरएनए यूके महासचिव आर के त्रिपाठीले क्रिसमस, नयां वर्षका अवसरमा शुभकामना आदानपदान र सहयोगीलाई धन्यवाद ज्ञापन गर्न उक्त रात्रीभोज राखिएको बताए । बैठकले सेन्सस फाराममा नेपाली राखिने अभियानबारे सचेतना कार्यक्रम तीव्र पार्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *