विज्ञप्ति जस्ताको तस्तैः प्रिय सञ्चारकर्मीमित्रहरु, विषयः भ्रामक समाचारप्रति सचेत रहनुहुन !
लन्डन–बेलायतका सफल नेपाली युवा व्यवसायी विराज भट्टले केही दिन देखि सामाजिक सञ्जाल र अनलाइन न्यूज पोर्टलमा आफ्नो बेलायतमै बस्दै आएकी क्षमता ढकालसँग जोडेर समाचारहरु सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
अनलाइन न्यूज पोर्टल र सामाजिक सञ्जालमा भट्ट र ढकालको सम्बन्धबारे चर्चा भएपछि विराजले विज्ञप्ती जारी गर्दै खड्न गरेका छन् । ‘हो, क्षमतासँग म निकटको साथीका रुपमा थिएँ । उहाँलाई अप्ठेरो परेका बेला मैले भावानात्मक तथा आर्थिक सहयोग पनि गरेको हो । तर, उहाँले मिडिया र सामाजिक सञ्जालमा भने जसरी मैले कहिल्यै पनि बिवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको थिइन,’ विज्ञप्तीमा भनिएको छ, ‘कुनै प्रलोभन देखाएर उहाँसँग फाइदा लिने मेरो मनसाय पनि रहेन । बरु मैले उहाँलाई दु:खको बेला साथ दिएर एउटा असल र सहयोगी भावना निभाउँदा झन् उल्टो मेरो चरित्रलाई लिएर विभिन्न अड्कलबाजी तथा भ्रम फैलिएकामा ज्यादै दु:ख लागेको छ ।
म विवाह गर्न नेपाल जाने भन्ने समाचार पूर्णरुपमा गलत छ ।’ सन् २०१५ को अन्तिमतिर पाकिस्तानी तथा बंगाली समुदायका युवाबाट ढकाल पीडित भइरहँदा त्यसबाट मुक्ति दिलाउन आफू नेपाली समुदाय र बिजनेशमा स्थापित भएका नाताले उनलाई नेपाली समूदायमा घुलमिल हुन प्रेरित गरेको र आफ्नो भावनात्मक सहयोगप्रति क्षमताको परिवार समेत जानकार रहेको भट्टको भनाइ छ । ‘उहाँ कयौं केटासाथीसाग नजिक भएको र डेटिङ गएको कुरा म स्वयँसँग सेयर गर्नुहुन्थ्यो । तर मैले यसमा कहिल्यै प्रेरित गरिन । कतिपयलाई भ्रम छ कि उहाँले पाखुरामा बनाएको टयाटु मेरो हो । तर, त्यो भारतीय नागरिक विराजसिंह कोलीको भएको स्पष्ट पार्न चाहन्छु र उहाँको अर्को टयाटु अलीको नाममा पनि छ,’ भट्टको प्रष्टोक्ति छ । आफ्नो चरित्र हत्या भएको सम्बन्धमा प्रहरीमा उजुरी गरेपछि ढकालले मिडियाबाजी गरेको भट्टले बताए । ‘यो एकदम निन्दनीय र अस्वीकार्य छ ।
पछिल्ला समाचारबाट मेरो चारित्रिक, पारिवारिक तथा व्यवसायिक क्षति हुन गएकोप्रति मैले कानुनी उपाचार खोज्ने गृहकार्य गरिसकेको छु,’ उनको भनाइ छ, ‘कृपया मेरो र ढकालजीसँग सम्बन्धित समाचार प्रकाशन पूर्व स्वविवेक अपनाइ यसको गाम्भीर्यता बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
बिराज भट्ट
लन्डन






