काठमाडौ – नेपाली नयाँ वर्षको अवसरमा आर एण्ड जी इभेन्ट्स द्वारा आयोजीत अल्डरसटमा सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि अहिलेकी चर्चित गायिका एबम बेली डान्सर प्रिति आले मोडल तथा नृत्य कलाकार रश्मी तामाङ, अभिनेत्री छुल्ठिम गुरुङ, लण्डन प्रस्थान गरेका छन् ।
आगामी अप्रिल १३ तारिखमा साँझ ७ बजेदेखि राति साढे १२ बजेसम्म अल्डरसटस्थित प्यालेस भवनमा ‘नेप्लिज न्यू इयर नाइट’ मा धमाका गर्नको लागि कलाकारहरु आज साँझ लण्डन प्रस्थान गरेका हुन ।
कार्यक्रममा चर्चित गायिका प्रिती आले मोडल तथा नृत्य कलाकार रश्मी तामाङ, अभिनेत्री छुल्ठिम गुरुङ,बेलायत मै रहेका स्थानीय नृत्य कलाकार मोडल तथा नृत्य कलाकार प्रतिष्ठा त्रिपाठी,स्नेहा गुरुङ, गायिका निकिता मगरको प्रस्तुति रहनेछ ।
अल्डरसटस्थित प्यालेसमा आयोजना हुने नया वर्ष धमाकाका लागि आयोजक अहिले तिब्र तयारीमा जुटको एनआरएन युके युवा संयोजक लालबहादुर गुरुङले बताए ।
कार्यक्रममा उपस्थित भएर मनोरंजन लिन एबम कलाकार हरुको हौसला बढाइदिन युवा समाज सेबी हेम गुरुंगले बेलायतबासी नेपालीहरुलाई आव्हान गरेका छन् ।
कार्यक्रमको प्रवेश शुल्क मात्र १५ पाउण्ड तोकिएको छ ।
कार्यक्रमको प्रतक्ष्य प्रसारण लण्डन नेपाल न्यूज डट कम ले गर्नेछ ।







