साउथ लण्डनमा प्रिति ,रश्मी, रमेश र छुल्ठिमको प्रस्तुति १४ अप्रिलमा

लण्डन । नेपाली नयां वर्षको अवसर पारेर वुल्वीचमा एक सांगीतिक धमाका गरिने भएको छ ।

यहि अप्रिल १४ तारिख शनिबार सांझ वुल्वीचस्थित लोटस क्लबमा नयां वर्ष सांगीतिक धमाका आयोजना गर्न लागिएको हो ।

यो कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरुले प्रस्तुति गर्दैछन् ।

त्यसअवसरमा नेपालबाट आएका गायक रमेश भट्टराई, गायिका तथा बेली डान्सर प्रिति आले, मोडल रश्मी तामांग, नायिका छुल्ठिम गुरुंग र स्थानीय गायक नबु घले लगायतको प्रस्तुति रहनेछ ।

साउथ ईस्ट लण्डनमा यसअघि पनि इभेन्ट आयोजना गर्दै आएका प्रकाश कंडेल र ज्ञान गुरुंगले यो कार्यक्रम आयोजना गर्दैछन् ।

सांझ साढे ६ बजेदेखि राती अबेरसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ । कार्यक्रममा प्रवेश शुल्क १० पाउण्ड राखिएको छ ।

कार्यक्रमका आयोजकले सहभागिताका लागि स्थानीय सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।