लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले गत ३१ मार्चमा अल्डरसटमा आपतकालिन कोषका लागि पहिलो पटक गरेको ‘च्यारिटी डिनर वीथ बक्सिङ शो’ सफल भएको ठहर गरेको छ ।
शुक्रबार साँझ बसेको एनआरएन यूकेको समीक्षा बैठकले कार्यक्रम सफल भएको निष्कर्ष निकालेको हो । च्यारिटी कार्यक्रमका संयोजकसमेत रहेका एनआरएनए यूके उपाध्यक्ष तथा च्यारिटी विभाग संयोजक प्रेम गाहामगरले चुनौतीपूर्ण प्रतियोगिता पृथक र भव्य भएको दाबी गरे । ‘ एनआरएनए यूकेले पनि यस्तो कार्यक्रम गर्न सक्ने रहेछ भन्ने प्रमाणित गरेका छौं,’ उनले भने, ‘राम्रो व्यवस्थापन गर्न सके अझै सफल हुने निष्कर्ष छ ।’
संयोजक गाहामगरका अनुसार आपतकालिन कोषमा ४५८७ पाउण्ड (करिब ६ लाख ७३ हजार ८३० रुपैयाँ) वचत भएको छ । कार्यक्रममा २८ हजार १५ पाउण्ड आम्दानी भएकोमा २३ हजार ४२८ पाउण्ड खर्च भएको थियो । कार्यक्रममा ४७ संघसंस्थाको प्रत्यक्ष सहभागिता थियो ।
बैठकमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिएको बताए । ‘भविष्यमा यसलाई अझ व्यवस्थित र खर्च न्यूनीकरणमा हाम्रो ध्यान जान्छ,’ उनले भने ।
बैठकमा एनआरएनए यूके महासचिव आर के त्रिपाठीले बक्सिङ शोसहितको उक्त च्यारिटीले कार्यक्रममा पनि सृजनशीलता थपिएको बताए । ‘ यसपटक केही पृथक गर्ने सोचले यो कार्यक्रम गरेका हौं,’ त्रिपाठीले भने, ‘सबैको हातेमालोले सफल पनि भयो । यसले अन्य एनसीसीलाई पनि प्रेरित गरेको छ ।’
कार्यक्रममा एनआरएनए यूके सदस्य तथा धर्म विभाग संयोजक होमनाथ पौडेल, मिसेस नेपाल यूके २०१७ विजेता आस्था जोशी,
मिसेस नेपाल टिमका तर्फबाट मनिषा डंगोल श्रेष्ठ, गीता बस्नेत पाण्डे, अमृता गिरी गजुरेल लगायतले आ आफ्नो अनुभव सुनाएका थिए ।
चार सय १५ जना सहभागी कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित ब्रिटिस प्रोफेसनल बक्सरहरु वल्ड नम्बर थ्री जोन राइडर, १९९६ लन्डन एबीए फाइनलिस्ट अलान साउथवीक, ग्रेट ब्रिटेन बक्सिङ टिमका नम्बर २ खेलाडी क्रिस ब्रोक, यूरोपियन च्याम्पियन आदिप राना विशेष अतिथि थिए ।
https://www.facebook.com/londonnepalnews/videos/1589209484530907/









