एनबिसी युकेले किन बुझायो,लेबोर पार्टीका नेता ग्यारेथ थोमसलाई ज्ञापन पत्र “

imageलन्डन। नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके)को एक टोलीले लण्डनको ह्यारो वेष्टका सांसद तथा आसन्न संसदीय निर्वाचनमा लेबोर पार्टीका उम्मेदवार ग्यारेथ थोमस संग भेटी आफ़ना केही समस्याका बिषयहरुमा छलफल गर्दै एक ज्ञापन पत्र बुझाएको छ ।

बुधबार स्थानीय ब्रिटिश नेपलिज कम्युनिटी (एनबिसी) युकेको प्रतिनिधि मण्डलसित कम्युनिटीका कोडीनेटर  मिलन घिमिरेका निवासमा भएको छलफलमा कम्युनिटीका प्रतिनिधिले सो क्षेत्रमा बसोबास गर्ने वृद्ध गोरखाहरुलाई दिउँसो हेरचाहका लागि सेवा उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।

यस्तै, सो क्षेत्रमा ग्रामर स्कुल नहुँदा अभिभावकहरु अन्यत्र सर्न परिरहेकोले सो क्षेत्रमा ग्रामर स्कुलका लागि पहल गर्न पनि आग्रह गरेका थिए ।

कम्युनिटीले बालबालिकालाई नेपाली भाषा र बृद्धबृद्धालाई अंग्रेजी भाषा कक्षा सिकाइरहेको, बेलायती समाजमा अन्तरघुलन हुनका लागि काम गरिरहेको उल्लेख गर्दै एनबीसी टोलीले संस्थालाई आर्थिक रुपमा र कार्यालय स्थापनाका लागि सहयोग गर्न पनि प्रस्ताव गरेका थिए । भेटघाट करिब एक घण्टा चलेको थियो ।