आज दिल्लीमा के–के गर्दैछन् प्रधानमन्त्री ओली ?

k|wfgdGqL cf]nL ef/t k|:yfg k|wfgdGqL s]kL zdf{ cf]nL ldq/fi6« ef/tsf] tLglbg] /fhsLo e|d0fsf nflu z'qmaf/ k|:yfg ug'{cl3 lqe'jg cGt/f{li6«o ljdfg:yndf clejfbg ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

नयाँ दिल्ली– तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली पनि आज दिनभर भेटवार्तामा व्यस्त रहने भएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार भ्रमणको दोस्रो दिन विहान नौ बज प्रधानमन्त्री ओलीले राष्ट्रपतिभवनमा गार्ड अफ अनर लिनेछन् ।

त्यसलगत्तै उनले राष्ट्रपति रामनाथ कोयलसँग शिष्टाचार भेट गर्नेछन् ।

१० बजे विदेशमन्त्री सुक्ष्मा स्वराज भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि ११ बजे महात्मा गान्धीको समाधीस्थलमा दीप प्रज्जवलनको कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

दुई प्रधानमन्त्रीको भेटपछि हैदरवाद हाउसमा प्रतिनीधिमण्डलस्तरीय भेटवार्ता हुने कार्यक्रम छ ।

त्यसपछि १२ बजे रिमोटद्धारा दुवै प्रधानमन्त्रीले वीरगंजस्थित जाँचौकी उद्घाटन गर्नेछन् । लगत्तै प्रेस विफ्रिङि हुनेछ ।

४ बजे उपराष्ट्रपति बैंकया नायडूसँग भेट गर्ने प्रधानमन्त्रीको कार्यक्रम छ । साँझ ७ बजे गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता हुनेछ । त्यसपछि इन्डिया फाउन्डेसनको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।