शिक्षाविद् डा. पोखरेलको निधन

????????????????????????????????????

काठमाडौँ- निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आज निधन भएको छ ।

मुटुरोगबाट पीडित डा पोखरेल आइतबार बिहान ६:०० बजे शौचालयमा लडेपछि उहाँलाई उपचारका लागि बिहान ७:१५ बजे नर्भिक अस्पताल पुर्‍याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ ।

प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहनुभएको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिनुभयो । विनायकसुधा(भिएस) निकेतनका संस्थापक प्रिन्सिपल उहाँ विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् हुनुहुन्थ्यो ।