अफ्रिकी मुलुक मलावीमा आएको बाढीमा परी कम्तिमा ४८ जनाको मृत्यु भएको छ । बाढीका कारण झन्डै २३ हजारभन्दा बढी सर्वसाधारण घरवारविहीन भएका छन् । मलावीका राष्ट्रपति पिटर मठारीकाले देशको एक तिहाइभन्दा बढी भागलाई विपद् क्षेत्र घोषणा गर्दै तत्काल वैदेशिक सहायताका लागि अपील गरेका छन् । लगातारको वर्षा र बाढीले त्यहाँ सडक तथा रेलमार्ग अवरुद्ध भएका छन् ।
मलावीसँगै छिमेकी मुलुक मोजाम्बिक पनि बाढीको चपेटामा परेको छ । मोजाम्बिकमा २५ जना स्कुले विद्यार्थीहरुलाई बाढीले बगाएर बेपत्ता पारेको छ ।
मलावीमा बाढीमा परी ४८ जनाको मृत्यु






