राष्ट्रपतिको भारत भ्रमण रद्द

bidhyaकाठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको वैशाख २७ देखि हुनेगरी तय गरिएको ५ दिने भारत भ्रमण रद्द भएको छ । दुई दिनअघि मात्रै राष्ट्रपतिले शीतलनिवासमा केही संचारकर्मीसँग आफू भारत जाने तालिका निश्चित भएको बताएकी थिइन् ।

मन्त्रिपरिषदले भ्रमण तालिका पारित गर्न बाँकी रहेको पनि उनले बताएकी थिइन् । राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हुँदै थियो । तर, भ्रमणबारे मन्त्रिपरिषदले समयमै निर्णय नगर्दा भ्रमण रद्द भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

परराष्ट्र मन्त्रालयले भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायलाई राष्ट्रपतिको भ्रमण रद्द भएको जानकारी गराएको छ ।