नेपाली चलचित्रको क्रेज बढेसगै राम्रो व्यापार हुने क्रम बड्दो छ। अहिले नेपाली चलचित्रले पनि करोडको कमाइ गर्छ र अहिले करोडको क्लबमा जाने बित्तिकै केक काटेर सेलिब्रेसन गर्ने क्रम सुरु भएको छ ।
चलचित्र ‘सुनकेशरी’ रिलिज भएको ५ दिनमै १ करोड ग्रस कलेक्सन गरेको हुनाले यसको सेलिब्रेसन गर्न निर्देशक अर्पण थापा लगायत नायिका ऋचा शर्माले केक काटेर खुशी मनाएका छन् । चलचित्र रिलिजको ५ दिन, एक सातामा १ करोड ग्रस कलेक्सन गरेकोमा निर्माता लगायत टिम खुशी देखिए । तर यो कुराले उठाएको प्रश्न यो हो कि के यतिमै खुशी छन् टिम जबकी निर्माताले लगाएको अझै सुरक्षित छैन । किनभने एक करोड ग्रस कलेक्सन गर्दा त्यसको २५-३० प्रतिशत मात्र निर्माताको हातमा पर्छ । एक करोडभन्दा बढि लगानी गरेका निर्माताले २५ लाख कमाउँदैमा उत्सव मनाउदा अली हतार गरिएको जस्तो देखिन्छ ।
ऋचा ‘सुनकेशरी’लाई विभिन्न देशमा लैजाने योजनामा छिन् ।






