गोर्खा सत्याग्रहको अभियान केही समयको लागि स्थगित

वेलायत,
गत ३ मे २०१५ का दिन गोर्खा सत्याग्रहका संयोजक श्री कृष्ण बहादुर राईको अध्यक्षतामा नर्थओल्ट, लन्डनमा केन्द्रीय समितिको बैठक बसी विभिन्न कार्यसूचीहरुको बारेमा बिस्तृत छलफल भएको थियो ।
उक्त बैठकमा नेपालमा हालै गएको महाभुकम्प, त्यसले निम्त्याएको विनास, अपार धनजनको क्षति र त्यसले लाखौ गरिब नेपालीहरुलाई आसु, गहिरो सन्ताप र ब्यापक निरासाको सागरमा डुबाएको परिप्रेक्षमा गम्भिर छलफल भएको थियो । हजारौ महिला, बृद्दबृद्दा, केटाकेटी मात्र होइन जवान, हट्टाकट्टा पुरुषहरु समेत आसुको खहरे बगाउदै अलापविलाप गरिरहेको असंख्य भावुक दृष्यहरु हामीले फेसबुक तथा अन्य समाचारहरुमा हेरेका थियौ । त्यो विनासकारी भुकम्पको कारण कतिले पती गुमाएका छन, कतिले पत्नी गुमाएका छन, कतिले नाबालख छोराछारी गुमाएका छन, कति नाबालख छोराछोरीहरुले आमाबुबा गुमाएका छन, कति गम्भिर घाइते भई एकबारको जुनी अरुको सहारामा बाच्नु पर्ने बाध्यात्मक अवस्था सृजना भएको छ र कतिले त सम्पूर्ण घरबार पनि गुमाएका छन । वास्तवमा हजारौ नेपालीले आºनो मुटुको धडकन गुमाएका छन । यतिबेला नेपालीहरुको वेदना सुनेर कुन मानव रुदैन होला ? प्रकृतिले निम्त्याएको यो असैय पीडालाई कतिले त समयको अन्तरालमा बिर्सदै जालान तर कतिलाई भने कहिल्यै निक्को नहुने घाउको रुपमा जीवनको अन्तिम क्षणसम्म पनि छाया जस्तै पछयाइरहने छ । 935625_639691976047639_1116881345_n[1]
तर विश्वमा सकारात्मक के देखियो भने धेरै धनी ब्यक्तिहरु, संस्थाहरु र राष्ट्रहरु नेपालीहरुले भोग्नु परिरहेको महाविपत्तिमा आर्थिक लगायत विभिन्न प्रकारको सहयोग गर्न स्वतस्फुर्त रुपमा अगाडि सरेका छन । यो संसारमा कतिपय मानिसहरु केवल पैसा कमाउन चाहान्छन । उनीहरुको एकमात्र सपना भनेको पैसा कमाउनु हुन्छ । पैसा कमाएर के गर्ने थाहा हु“दैन तर पनि उनीहरु पैसा नै कमाउन चाहान्छन । उनीहरु पैसाका लागि जन्मनछन, पैसाका लागि सास फेर्छन र केवल पैसाका लागि जीवन बाच्छन । यस्ता मानिसहरुले जीवनमा केही पैसा कमाउनु कुनै आश्चर्य होइन । तर पैसा कमाएर मात्र उनीहरुलाई जीवनमा परमआनन्द प्राप्त हुन्छ ? उनीहरुको जीवन सार्थक मानिन्छ ? आजको मानव जातिको निम्ती उठेको यक्ष प्रश्न हो यो ।
वास्तवमा मानवको सबैभन्दा ठूलो धर्म भनेको कसैको जीवन बचाउनु र कसैको आसु पुछनु नै हो । यस्तो महान कर्मले जीवन बचाउने वा आसु पुछने मानिसलाई परमआनन्द दिन्छ र त्यो जीवन नै सार्थक हुन्छ । यस्तो कर्मले मानवजातिको कल्याण गर्छ, विश्वमा शान्ति छाउछ र विश्व अरु प्रेममय भई यो संसार इतिहासमै सबैभन्दा बढी बस्न र बाच्न योग्य बन्छ । शोकमा डुबेका नेपालीहरुको मुहारमा मुस्कान छर्न र खण्डहर नेपाललाई पुन हराभरा बनाउन जसरी सहयोगी हातहरु विश्वभरीबाट स्वतस्र्फुत रुपमा एकपछि अर्को ओइरिरहेका छन त्यसले विश्व बदलिदै गएको छनक दिन्छ । यो मानबजातिको निम्ती धेरै खुसी र गर्वको कुरा हो । किनकि यो विश्वको सम्पूर्ण धन (८५ प्रतिसत भन्दा बढी) पू“जीबादको चरम विकाश भएसंगै साघुरिदै साघुरिदै गएर केवल १ प्रतिसत मानिसहरुको कब्जामा परेको छ । साघुरिने सिलसिला अझै जारी छ र जारी रहनेछ । यी धनी मानिसहरुले यो उदार प्रवृत्तिलाई आत्मसात गरेनन भने अथवा विश्वका सरकारहरुले अहिलेको स्वच्छन्द पू“जीबादमा येनकेन प्रकारले अंकुस लगाएनन भने विश्वमा भयावह स्थिति पैदा हुन्छ नै ।
अर्को कुरा आगामी ७ मे को दिन वेलायतमा आम निर्वाचन सम्पन्न हुन गइरहेको छ । उक्त निर्वाचन पछि कसैको पनि स्पष्ट बहुमत नआई फेरी पनि विगतमा जस्तै मिलिजुली सरकार बन्ने निश्चित भए पनि सरकारको नेतृत्व कसले गर्ला भन्ने कुरा कैयौं मतसर्भेक्षण पछि पनि यसै भन्न सकिने अवस्था छैन । अनुदार दलले धनीहरुको र मजदुर दलले गरिबहरुको पक्षपोषण गर्दछन भन्ने समान्य मान्यता बेलायतमा पाईन्छ । त्यसमा केही सत्यता होला । आप्रवासीहरुको ठूलो संख्या त आखिर गरिब नै हुने हुनाले मजदुर दलले जिते हाम्रो हित हुने थियो । अनुदार दलले एककार्यकाल शासन गरिसकेको हुनाले पुन बिजयी भएमा उसमा दम्भ बढनु स्वभाविक हुन्छ । उसले गएको कार्यकालमा २० लाख रोजगारी सृजना गरेको र टाट पल्टेको वेलायतको आर्थिक स्थिति पुन सुदृढ बन्दै गएको तथा वेलायतको अर्थतन्त्र युरोप अमेरिकाका विकसित मुलुकहरुको तुलनामा सबैभन्दा उच्च दरमा विकास भइरहेको उसको दाबी छ । उसको जादुको छडी भनेको विभिन्न बेनिफिटहरुमा भारी कटौती गर्दै जानु हो र पहिला पनि उसले त्यही गरेको जगजाहेर छ । र, चुनाव जितेमा आºनो नीति सही भएको कारणले नै नया“ शासनादेश प्राप्त भएको मुल्याङकन गर्दै अरु जन्डपूर्ण ढंगले यो नीतिलाई निरन्तरता दिने निश्चित छ । यो नीतिको प्रत्यक्ष असर आप्रवासीहरु माथि पर्दछ किनभने उनीहरु नै गरिब हुन्छन र बेलायती समाजमा बेनिफिट भनेको गरिबहरुले नै उपभोग गर्ने चिज हो ।
भलै जे होस, नया“ सरकार बने पछि नौलो परिस्थितिमा नौला राष्ट्रिय तथा अन्तराष्ट्रिय समस्याहरुलाई सम्बोधन गर्न केही नया“ नीति तथा कार्यक्रमहरु बनाउन, त्यसमा निर्णय लिन र सरकारले सामान्य रुपमा कार्य सम्पादन गर्न केही समय लाग्नु स्वभाविक नै हुन्छ । हुनत प्रणाली अन्र्तगत चल्ने मुलुक भएको हुनाले नेपालमा जस्तो मोलतोल र अराजक स्थिति याहा“ पैदा हुदैन । यधपि सम्पूर्णरुपले सक्रिय हुन नवनिर्वाचित सरकारलाई आवश्यक समय दिन उचित नै हुनेछ ।
मूलतः नेपालमा गएको महाभुकम्प र बेलायतको वर्तमान राजनीतिक परिस्थितिलाई आत्मसात गर्दे गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको केन्द्रीय बैठकले आगामी जुन २६ तारीखसम्म कुनै पनि कार्यक्रम नगर्ने सर्बसम्वत निर्णय गरेको कुरा याहा“हरु सबैमा सबिनय जाहेर गर्दछौ । त्यस पछि भने पूर्ण समानता प्राप्त नभएसम्म गोर्खा सत्याग्रहले आºनो आन्दोलनलाई पुन सुचारु गर्ने प्रतिबद्दता पनि जनाउदछौ ।
गोर्खा सत्याग्रह जिन्दाबाद †
भवदीय
गोर्खा सत्याग्रह
संयुक्त संघर्ष समिति
बेलायत÷नेपाल
मितिः ०६ मे २०१५