अर्घाखाँची– नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । महिला संघ अर्घाखाँचीले गरेको कार्यक्रमा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता पौडेलले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको दावी गरे । उनले सरकारले भष्ट्राचार नियन्त्रण, शान्ति कायम र सुशासन कायम गन नसकेको समेत अरोप लगाए ।
नेता पौडेलले सिके राउतसँगको सम्झौतामा सरकार चुकेको बताउँदै राउतले विगतमा राष्टिय अखण्डता विषयमा गरेको गल्तीलाई माफी माग्ने गरि सम्झौता हुनुपर्नेमा जोड दिए । उनले जनमत सग्रहको पक्षमा लागेर सरकार चुकेको आरोप समेत लगाए ।
अर्को एक प्रसंगमा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा विधिअनुसार चल्न नसकेको आरोप समेत लगाए । उनको कार्यशैलीका कारण अहिले पार्टीमा देउवा कमजोर हुदै गएको समेत पौडेलले जिकिर गरे । पार्टीको महाधिवेशन ०७६ फागुन ७ गते गर्ने गरि आफुले कार्ययोजना बनाई दिएको भएपनि त्यसतर्फ सभापति नलागेको पौडेलको आरोप थियो ।






