लन्डन आइपुगिन् नेपालकी कथा वाचिका श्री चन्द्रकला सखी हिमालयन सिद्ध महायोगले ८ दिने कथा बाचन गर्दै भिडियो सहित

लन्डन । हिमालयन सिद्ध महायोगको भातृसंस्था आन्जेनेय यूवा समुहकी अन्तराष्ट्रिय अध्यक्ष, अनुभवी योग प्रशिक्षक, नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिका सुश्री चन्द्रकला सखी लन्डन आइपुगेकी छन् ।

उनको स्वागतका लागि हिमालयन सिद्ध महायोग युकेका अध्यक्ष गोबिन्द घिमिरे लगायतको टोलि बिमान स्थलमा पुगेका थिए ।रामनवमी तथा हनुमान जयन्तीको अवसर पारेर महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान युकेले यही मार्च ३० तारिख बिहिवार देखि अप्रिल ६ तारिख बिहिवार सम्म श्रीराम (रामायण) कथा प्रवचन सहित ’श्रीरामनवमी तथा हनुमान जयन्ति’ विशेष कार्यक्रमको आयोजना गरेको हो ।

सोरठिया प्रजापति कम्युनिटी साउथहल साखाको सहयोग र संलग्नतामा आयोजना गरिएको कार्यक्रममा नेपालकी प्रशिद्ध प्रथम महिला रामकथा बाचिका परमपूज्य चन्द्रकला सखीज्यूको सुमधुर सांगीतिक लयमा राम कथाको प्रवचन हुनेछ ।

बिमान स्थलमा लन्डन नेपाल न्युज सँग भएको लाइभ कुराकानीको एक रिपोर्ट हेर्नुस: