- तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियाको सिड्नी स्थित रकडेलमा एस्पाइर एजुकेशले नयाँ वर्ष विशेष कार्यक्रम गर्नेभएको छ । जोशिलो प्रस्तुति दिन चर्चित कलाकारहरु आउने भएका छन् । नेपाली नयाँ वर्ष २०७६ को अवसरमा रकडेल बाइसेन्टेनियल पार्कमा निःशुल्क सांगीतिक कार्यक्रम हुने भएको हो ।
मायालु इन्टरटेन्मेन्टको आयोजना तथा एस्पाइर इन्टरनेसनल एजुकेश कन्सल्टेन्सीको मुख्य प्रायोजनामा आगामी अप्रिल १४ तारिखमा सांगीतिक कार्यक्रम ‘नेप्लिज न्यू इयर फेस्टिबल २०७६’ हुन लागेको हो । नयाँ वर्षका अवसरमा निशुल्क आयोजना गर्दा नेपाली संस्कृतिको प्रबर्द्धन हुने आयोजकको विश्वास छ ।

रकडेल बाइसेन्टेनियल पार्कमा हुने कार्यक्रममा चर्चित कलाकारहरु अल्मोडा राना उप्रेती, राहुल शाह, समीर आचार्य, ईश्वर पोखरेल, सञ्जीव पराजुली, टीका प्रसाईंलगायतका चर्चित कलाकारको प्रस्तुति रहने मायालुका निर्देशक विष्णु सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार कार्यक्रम दिउँसो ११ बजेदेखि ७ बजेसम्म चल्नेछ ।कार्यक्रमस्थलमा फुड स्टल पनि राखिनेछ ।
मायालु इन्टरमेन्टले चर्चित गायकगायिका कोमल वली र खुमन अधिकारीसहित नेपाल र अस्ट्रलियामा रहेका कलाकारको प्रस्तुतिमा गत वर्ष तीजमा पनि भव्य कार्यक्रम आयोजना गरेको थियो ।






