दोलखाको मेलुङमा एमाले विजयी

काठमाडौं– दोलखाको मेलुङ गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित भएका छन् । एमालेले अध्यक्ष र उपाध्यक्षसहित चार वटा वडाहरुमा जितेको छ ।

एमालेका नरबहादुर श्रेष्ठले कांग्रेसका बर्मा लामालाई ८६ मतले हराए भने उपाध्यक्ष पदमा एमालेकै कल्पना भण्डारीले माओवादी केन्द्रका कृष्ण कार्कीलाई ६०० मतले हराउँदै निर्वाचित भइन् ।

गत बैशाख ३१ गते उक्त पालिकाको वडा नं। १ स्थित पवटी केन्द्रमा मतदान स्थगित भएको थियो । मेलुङमा कांग्रेस माओवादी केन्द्रको गठबन्धन थियो ।