दुवै मृगौलापीडित नेत्र बहादुर खत्रीलाई एनआरएन रसियाको सहयोग

लन्डन । गैर आवासीय नेपाली संघ रसियाले दुवै मृगौलापीडित नेत्र बहादुर खत्रीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । नेत्र बहादुर खत्री विगत केही वर्ष देखी रसियामा रोजगारीको शिलासिलामा थिए । रोजगारीको सिलसिलामा खत्रीको अचानक दुवै मृगौंला फेल भएर अहिले काठमाण्डौको रहेको राष्ट्रिय मृगैला केन्द्रमा उपचारार्थ भर्ना हुनु भएको छ । एनआरएन रसियाले संकलीत रकम उहाँको परिवारलाई हस्तान्तण गरेको हो ।

उहाँको शिघ्र स्वास्थ्य लाभको कामना सहित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रसियाले उहाँलाई एक लाख बयासी हजार नौंसय सहयोग गरेको राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौंतमले जानकारी दिए । खत्रीको आफन्तलाई आज गैरआवासीय नेपाली संघको सचिवालयमामा गैर आवासीय नेपाली संघका सचिव जानकी गुरुङ्ग र एनसिसी एसियाका अध्यक्ष गौतमले संयुक्त रुपमा सो सहयोग हस्तान्तरण गरेका हुन । उनलाई सोही रकम वरावरको चेक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा ओसेनियाका क्षेत्रीय महिला उपसंयोजक प्रीति शर्मा, एनसिसि रसियाका संरक्षक उत्सव कुमार अमात्य, एनसिसि कोरीयाका महासचिव डा। इन्दीरा तिवारी र विभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।