सेन्ट माइकल होस्पाइस, नर्थ हाम्पसायरद्वारा ठुलो रोगबाट ग्रस्त भइ जीवन छोटो भएकाहरुको सहयोगार्थ सेप्टेम्बर ५ तारिख राति १० बजे संचालन हुने च्यारिटी ८.५ माइल लामो “मुनलाइट वाक” मा समाजसेवी शिवजी श्रेष्ठले भाग लिने भएको छ I
नर्थ ह्याम्प्सायर वरपर दीर्घकालीन रोगबाट पिडित व्यक्तिहरुको उपचार एबम सुलभ जीवनयापन गर्ने कार्यमा सहयोग पुर्याउन बीस हज्जार पाउण्ड संकलन गर्ने उदेश्यले सो च्यारिटी वाक कार्यक्रम संचालन गर्न लागिएको हो I नेपालमा पनि अस्पताल र स्कुलहरुमा बिभिन्न अक्षय कोषहरु स्थापना गरेका शिवजी श्रेष्ठले आफ्ना दिबंगत हजुरबुवा र हजुरआमाको सम्झनामा उहाले यस च्यारिटीमा भाग लिन लाग्नु भएको हो I
यस च्यारिटीमा सहयोग गर्न चाहनुहुने व्यक्तिहरुले तलको लिंकमा गएर गर्न सकिनेछ Ihttp://uk.virginmoneygiving.com/team/Help4helplesss







![image[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/09/image1.jpeg)