केशब भण्डारी
बेलायतको पिटरबोरो,लेष्टर,नटिंघाम, वल्भरहाम्टन बर्घिंघाम लगायतका शहरमा बस्ने नेपालीहरूको साझा संस्था “साझा नेपाली समाज यूके” को तेस्रो साधारणसभाले श्री रण बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा महेश अधिकारी, महासचिवमा मिलन सापकोटा, कोषाध्यक्षमा नारायण फुयाल, चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा शिब क्षेत्री, बलराम चापागाई, श्याम क्षेत्री र प्रेम आले रहनु भएको छ भने केही सदस्यहरू पछि कार्यसमितिले सबै क्षेत्र मिलाएर थप गर्ने छ। 
साझा नेपाली समाज यूकेका संस्थापक अध्यक्ष शंकर भण्डारी, निवर्तमान अध्यक्ष राजु कणेल, निवर्तमान उपाध्यक्ष तारा भण्डारी, पूर्वअध्यक्ष गंगा गौतम, सिर्जनसील लेष्टर नेपालका निवर्तमान अध्यक्ष दयानिधी सापकोटा संस्थाको सल्लाहाकारमा चयन हुनुभएको छ।
यही गत अक्टोबर २६ तारिक लेष्टरको एभरेष्ट डाइन रेस्टुरेन्टको हलमा साझा नेपाली समाज यूकेका निवर्तमान अध्यक्ष राजु कणेलको सभापतित्वमा सम्पन्न तेस्रो साधारणसभाले संस्थाको विधान तयारी समितिका संयोजक दयानिधी सापकोटाले
प्रस्तुत गरेको विधान परिमार्जित सहित पारित गरेको छ । संस्थाका निवर्तमान महासचिव पवन शर्माले संचालन गरेको उक्त साधारणसभामा निवर्तमान कोषाध्यक्ष गोमा पौड्यालले संस्थाको अायव्यय प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारणसभामा पशुपति पोखरेल, केशब भण्डारी,कृष्ण शर्मा सापकोटा,बिष्णु चालिसे, शंकर भण्डारी,दायानिधी सापकोटा,
प्रविण पाण्डे, डिलाराम गौतम, शम्भु अर्याल, लालबहादुर थापा, प्रेम आले, रण बहादुर केसी, उमेश प्रसाई, बलराम चपागाई लगायतले संस्थाको बारेमा अाफ्ना जिज्ञासा राख्नु भएको थियो ।
दिउसो १२ बजेदेखि ४ बजेसम्म संचालित साझा नेपाली समाज यूकेको साधारणसभा पछि साझ ५ बजेदेखि सिर्जनसील लेष्टर नेपाल यूके र साझा नेपाली समाज यूकेको संयुक्त आयोजनामा दशै र तिहारको रमाईलो शुभकामना साझ सम्पन्न भएको थियो । सिर्जनसील लेष्टर समाजका अध्यक्ष पशुपति पोखरेलको सभापतित्वमा संचालित शुभकामना अदानप्रदान कार्यक्रममा साझा नेपाली समाजका संस्थापक अध्यक्ष शंकर भण्डारी, निवर्तमान अध्यक्ष राजु कणेल, निवर्तमान उपाध्यक्ष तारा भण्डारी र निवर्तमान कोपाध्यक्ष गोमा पौड्यालले नयाँ कार्यसमितिलाई शुभकामना दिनु भएको थियो।
सिर्जनसील लेष्टरका निवर्तमान अध्यक्ष दायानिधी सापकोटाले संचालन गरेको उक्त कार्यक्रमा पिटरबोरो नेपाली समाजका अध्यक्ष केशब भण्डारी, नेपाल समाज नटिंघामका अध्यक्ष विष्णु चालिसे, हाम्रो नेपाली समाज वेष्टमिडल्यान्ड वल्भरहाम्टनका कृष्ण प्रसाद शर्मा सापकोटा, सिर्जनसील लेष्टर नेपालका अध्यक्ष पशुपति पोखरेल लगायतले उपस्थित सबैलाई दशै र तिहारको शुभकामना व्यक्त गर्दै साझाको नयाँ कार्यसमितिलाई कार्यकालको सफलताको कामना गर्नु भएको थियो । साथै साझाका नवनिर्वाचित अध्यक्ष रण बहादुर केसीले शुकामना दिने सबैलाई धन्यवाद दिदै संस्थाको तर्फबाट सबैलाई दशै र तिहारको शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा सिर्जनसील लेष्टरका स्थानिय कालाकाहरूले नेपाली कला र संस्कृति उजागर हुने विविध नाच र गीतहरू प्रष्तुत गरेका थिए भने नेपाली परिकार सहितको खानपिनको व्यवस्था एभरेष्ट डाइन रेष्टुरेन्ट गरेको थियो ।
यस्तै पिटरबोरो नेपाली समाज यूके, नेपाली समाज नटिंघाम र हाम्रो नेपाली समाज वेष्टमिड्ल्यान्ड यही गत अक्टोवर १९ तारिख आ-आफ्नो एरियामा दशै तिहार विविध सांस्कृतिक कार्यक्रम गरी मनाएका छन्






