लन्डन- नेपाली नयाँ वर्ष- २०७३ को अवसर पारेर लन्डनमा ‘सनराइज शुभकामना साँझ’ आयोजना गरिएको छ ।![12921182_1264719563572762_994693370_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12921182_1264719563572762_994693370_n1.jpg)
आगामी अप्रिल १२ तारिखमा ऊलवीचको लोटस क्लब हलमा आयोजना गरिएको शुभकामना साँझमा चर्चित लोक दोहोरी गायिका देविका केसी ,चर्चित लोक दोहोरी गायक रामजी खाँड र चर्चित गायक शिव परियारले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजक समितिका प्रकाशराज कँडेलले जानकारी दिए ।
कँडेलले कार्यक्रममा उपस्थित भएर नेपाली नयाँ वर्षलाई भव्य स्वागत गर्न बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अपिल पनि गरेका छन्






