लन्डन । सोलुखुम्बु निवासी ७३ वर्षीय दुर्गाबहादुर राई लन्डन वेष्टमिनिष्टरबाट हराएको खवर छ । उनी भूपू गोर्खाहरुले शुक्रबार बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आयोजना गरेको प्रदर्शनमा सहभागी हुन अल्डरसटबाट लन्डन आएका थिए ।
ति वृद्ध अल्डरसटबाट बस रिजर्भसहित आएको समूहमा थिए । पछि फर्कने क्रममा उनी नभेटिएपछि खोजी शुरु भएको थियो । सत्याग्रह समितिका कार्यवहाक संयोजक सूर्य नेम्वांगले उनी हराएपछि खोजी तीव्र पारिएको जनाउंदै परिवारले समेत प्रहरीमा उजुरी गरेको बताए ।
ति वृद्धका परिवार र सत्याग्रह समितिले खोजीमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।
http://youtu.be/jtCMGsPVNzQ







