बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूपू गोर्खाहरुको विशाल प्रदर्शन (भिडियो सहित)

लन्डन । भूपू गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि विशाल प्रदर्शन गरेका छन् । उनीहरुको मागमा समर्थन जनाउंदै ब्रिटिश भेटानहरुले आयोजना गरेको एउटा वृहत प्रदर्शनमा भूपू गोर्खा र तिनका परिवार सहभागी भए । यूके भेटान्स् वान भोइस्ले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमसहित प्रदर्शन आयोजना गरेको हो ।Gorkha london 2016 034प्रदर्शनमा हजारौं सहभागी रहे ।
शुक्रबार दिउसो बेलायती रक्षा मन्त्रालय पछाडि एकत्रित भएर मार्च पास गर्दै अगाडि बढेको प्रदर्शन टाफलगर स्क्वायर हुंदै प्रधानमन्त्री कार्यालय अगाडि सिनोतापमा पुगेर सभामा परिणत भएको थियो । ज्ञापनपत्र बुझाइएपछि  भूपू गोर्खाहरुले मन्तव्य राख्दै आफ्नो आन्दोलन अझ सशक्त बनाउने उद्घोष गरेका छन् ।
सम्वोधनका क्रममा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले अप्रिल २४ तारिख ऐतिहासिक हुने उल्लेख गर्दै बेलायत सरकारले आफ्नो आवाज सुने त्यस दिन सबै भूपू गोर्खाहरुलाई उत्सव मनाउन, नभए जीवन वलिदानका लागि त्यसैदिन तयार रहन समेत आग्रह गरे । उनले बेलायत सरकारले आफ्ना माग सम्वोधन नगरे २४ अप्रिल सांझ देखि रिले अनसन शुरु गरिने उद्घोष गरे ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका कार्यवहाक संयोजक सूर्य नेम्वांगले भूपू गोर्खाहरुको अधिकारका लागि अन्तिम लडाईं हुन लागेको उल्लेख गर्दै ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष पुग्दा माग पुरा नभए २०० गोर्खाहरु मर्न समेत तयार हुनुपर्नेमा जोड दिए ।
गैर आवासीय नेपाली संघ, बेलायतका उपाध्यक्ष हिराधन राईको संयोजकत्वमा एनआरएनहरुको पनि प्रदर्शनमा उल्लेख्य सहभागिता थियो । मन्तव्यका क्रममा राईले गोर्खाहरुको जित निश्चित भएको दावी गर्दै सकारात्मक नतिजा छिट्टै आउनेमा आशावादी रहेको बताए ।
कार्यक्रममा गोर्खा अभियन्ता डा. राम नारायण कन्दंग्वा, मेजर रि. मानबहादुर राई, राजेन्द्र क्षेत्री, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुंग लगायत ब्रिटिश भेटानहरुले पनि सम्वोधन गर्दै आन्दोलनमा साथ रहने ऐक्यवद्धता जनाएका थिए ।

http://youtu.be/sQDaILQlLms

 

12910471_10206006035298804_63703002_n[1]Gorkha london 2016 031