बेलायतमा काँडेतार’ प्रदर्शनको व्यापक तयारी अगष्ट २९ मा पत्रकार सम्मेलन गर्दै !

लण्डन । बेलायतमा नेपाली कथानक चलचित्र ‘काँडेतार’ प्रदर्शन गर्ने व्यापक तयारी गरिएको छ।

चलचित्र काँडेतार प्रदर्सनको तयारी सम्बन्धमा विस्तृत जानकारी दिन आगामी अगष्ट २९ तारिख बिहिबार साँझ साउथ ह्यारो स्थित गोल्डेनशिपमा पत्रकार सम्मेलन गरिने फिल्म निर्माता समेत रहेकी नेपाल चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बुले लन्डन नेपाल न्यूज लाई बताइन् ।यसै बीच फिल्म प्रदर्सनका लागि नेपालबाट कार्यकारी निर्मात्री गायिका सत्यकला राई बेलायत आइपुगेकी छन्।

काँडेतारमा माकिको राई, उज्वल केसी, नाडिया खड्का, शानिया खड्का र रोमियन लिम्बूको निर्माण, निर्देशक नवल खड्का, कलाकारहरूमा नवल खड्का, सुरविना कार्की, रेबिका गुरुङ, मुरलीधर, रोमियन लिम्बू लगायत अन्य रहेका छन । अभिनेता खड्काकै निर्देशन एवं शिवम अधिकारी र नबल खड्काको लेखन रहेको काँडेतार सामना फिल्म्स् प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

संगीतकार मणि थापा र दीपक शर्माको संगीत रहेको काँडेतारमा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको छ ।

चलचित्रमा नेपालको राजनीति, ब्यापार र अन्य कुरामा मात्र होइन खुला सीमानाका कारण हुने अपराध, जनताले भोग्नुपर्ने सास्ती, थिचोमिचो, छिमेकी देशको हेपाहा प्रवृति विरुद्ध आत्मरक्षा र देशको अस्मिता रक्षाका लागि सामाजिक संजालमा मात्रै देशभक्तिको हुँकार लाएर होइन, युवाहरु जाग्नु पर्छ र देशको रक्षार्थ उठ्नु पर्छ भन्ने सन्देश दिएको छ ।

‘काँडेतार’ युकेमा सेप्टेम्बर १५ तारिख आइबार अल्डरसटको एम्पायर हलमा दिउँसो १ बजे पहिलो शो हुने र सोही दिन दिउँसो ४:३० बजे दोश्रो शो गरेर युकेका विभिन्न स्थानमा ‘प्रदर्शन हुने व्यापक तयारी रहेको छ ।