लण्डन ।
एनआरएन यूकेका सचिव दासुराम पाण्डेले नयां कार्यसमितिमा उपाध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा गरेका छन । मंगलबार एक वक्तव्य जारी गर्दै पाण्डेले संस्थाको वृहत्तर हितलाई सर्वोपरि ठानेर आगामी कार्यसमितिमा काम गर्ने इच्छासहित उम्मेदवारी दिन लागेको बताएका छन ।
‘एनआरएन अभियानमा आबद्ध रहेर विगतका वर्षहरुमा पनि आफनो क्षमताले भ्याएसम्म काम गर्ने प्रयत्न गरें,’ आफनो उम्मेदवारीबारे पाण्डेले भन्छन, ‘अब थप जिम्मेवारी लिएर संस्थामा काम गर्ने इच्छा छ ।’
एनआरएन यूके विगतमा विभिन्न विषम परिस्थितिबाट गुज्रिदै आएको भन्दै पाण्डेले संस्थाको लक्ष्य प्राप्तिका लागि अब सबै अगुवाहरुले एकजुट भएर प्रयत्न गर्न आवश्यक रहेको बताएका छन ।
वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारीमा रहेका पाण्डे यसअघि योगेन क्षेत्री नेतृत्वको कार्यसमितिमा कोषाध्यक्षको भुमिकामा थिए । त्यस्तै कुल आचार्य नेतृत्वको कार्यसमितिमा पनि पाण्डे सदस्य थिए ।
एनआरएन वृत्तमा उनी सबैसंग मिल्न सक्ने, संस्थाभित्र विवाद र असमझदारीको अवस्था आए मध्यस्थता पनि गर्न सक्ने पात्रका रुपमा चिनिन्छन । संस्थाभित्र सधै तार्किक र शालिन रुपमा प्रस्तुत हुने उनलाई भविष्यमा एनआरएन यूकेको नेतृत्व गर्नेसम्मको क्षमता राख्ने एक सम्भावित पात्रका रुपमा समेत हेर्ने गरिएको छ ।
बेलायतमा व्यवसायिक सफलता पाउने नेपाली युवाहरुमा पाण्डे पनि साउथ ईस्ट लण्डनस्थित दुई रेष्टुरेन्ट त्यस क्षेत्रमा निकै लोकप्रिय र व्यवसायिक रुपमा सफल मानिन्छन । यसकारण गरे उम्मेदवारीको घोषणा,एन आर एन युकेको बर्तमान कार्यसमिति विषम परिस्थिति बाट गुज्रदै यहाँसम्म आइपुगेको कुरा सर्व बिदितै छ ।
यस संस्थाको महत्वलाई कुनै व्यक्ति बिशेष संग जोडेर नहेरिकनै सबै सामाजिक अगुवाहरु संस्थाको लक्ष प्राप्तिको निम्ति भर मग्दुर प्रयासरत रहनु आजको आवस्यकता हो । विभिन्न वर्ग, जाति, क्षेत्र र समुदायका मानिसहरुको सहभागिता र प्रतिनिधित्व भएको संस्थामा सामान्य असमजधारी तथा मन मुटावहरु अस्वभायिक होइनन तर कुनैपनि समस्याको समाधान संस्थाको हित भन्दा बाहिर गएर खोजिनु हुदैन भन्ने कुरामा म पूर्ण विश्वास राख्दछु ।
यसै परिप्रेक्षमा आदरणीय बेलायत वासी सम्पूर्ण जनसमुदाय, बुद्दिजीवी, सामाजिक संघ संस्था तथा संचारकर्मी साथीहरुको सहयोगका लागी हार्दिक अपिल समेत गरेका छन् ।







