प्रजातन्त्र दिवसको अवसरमा बधाइ : डा.सुवेदी

subediलन्डन,

गत वर्ष गठन गरिएको ग्लोवल पोलिसी फर नेपालका अध्यक्ष एवम् लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा .सूर्य सुवेदीले निकै आरोह अवरोह पछि  नेपालको प्रजातन्त्र परिपक्व हुँदै गएको र सही दिशातर्फ उन्मुख रहेको बताएका छन्


प्रजातन्त्र दिवस (फागुन ७) को अवसरमा प्रकाशित एक सन्देशमा प्रा. सुवेदीले देशभित्र र विदेशमा रहेका सबै नेपालीहरुलाई बधाइ पनि दिएका छन्। नेपालमा अहिले जनताका प्रतिनिधिहरुले एउटा नयाँ प्रजातान्त्रिक, प्रगतिशील तथा समावेशी संविधान लेखेका छन्। नेपालले प्राप्त गरेको यो उपलब्धिप्रति हामी सबैले गर्व गर्नुपर्छ र प्रजातन्त्र दिवसलाई खुसीका साथ मनाउनु पर्छ,” उनले भने।

क्याम्बोडियाका लागि राष्ट्रसंघीय मानवअधिकार दूत रहिसकेका सुवेदीले अन्य देशमा प्रजातन्त्र संस्थागत हुन कयौं वर्ष लागे पनि नेपालले भने छोटो समयमै यस्तो उपलब्धि पाएको बताए। उनले सहिष्णुता, विविधताबीच पनि सामन्जस्य र स्वतन्त्रता जस्ता विषयमा नेपाल संसारकै उत्कृष्ट मुलुकहरुसंग दाँजिनसक्ने भन्दै यो प्रजातान्त्रिक जगमा उभिएर आर्थिक समृद्धि हासिल गर्दै सबैका लागि एउटा न्यायोचित तथा समानतामा आधारित समाज बनाउनु पर्ने चुनौती रहेको पनि जनाए।