कास्की- सुकुम्बासी र दलितबस्तीका मतदातामाथि सधैंजसो आरोप लाग्छ, उनीहरुको भोट पैसामा किनबेच हुन्छ । पोखरा बसपार्क छेवैका सुकुम्बासी भने त्यस्तो आरोपाको खण्डन गर्छन् ।
दलकै कार्यकर्ताले सुकुम्बासी बस्ती देखाएर उम्मेदवारसँग पैसा असुलेको उनीहरु बताउँछन् ।
पार्वतीटोलका विकास आनन्द (विश्वकर्मा) लाई कुनै पार्टीका उम्मेदवार वा कार्यकर्ता पैसाको प्रस्ताव लिएर आएको थाहा छैन । ‘अहिलेसम्म कोही पैसा दिन आएको छैन,’ उनले भने,‘ सुकुम्बासी बस्तीमा खर्च गर्ने नाममा पैसा लिएर आफैँले खम्पच बनाउने गरेको उनले सुनाए ।
‘हाम्रो त नाम बेच्ने हुन्, उनले भने, ‘उम्मेदवारसँग पैसा लिएर पनि यहाँ खर्च नगरेको प्रमाण छ हामिसँग ।’






