लन्डन । एनआरएन दम्पत्तिले एनआरएन प्राजेक्टको निरीक्षण गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएन ) का पूर्व अध्यक्ष शेष घलेले आफनो कार्यकालमा शूरु भएका एनआरएनका प्रोजेक्टको निरीक्षण गरेका हुन । घलेले सोमबार लाप्राक पोजेक्टको निरीक्षण गर्दैछन
आज एनआरएनको बन्दै गरेको एनआरएन भवन र शंख्खमुल पार्कको अवलोकन गरेका छन् । एनआरएनको आठौ विश्व सम्मेलन सकाएर अष्टेलिया फर्किएका घले दम्पत्ति शुक्रबार राती नेपाल पुगेका थिए ।
घलेसहित एनआरएन निवर्तमान भवन भट्टको प्रत्यासीसमेत रहेकी जमुना गुरुगं, एनआरएनएकी सचिव जानकी गुरुङ, एनआरएन युकेका प्रमुख संरक्षक एवं निवर्तमान सल्लाहकार डमर घले, एनआरएन युकेका पुर्व अध्यक्ष योगेन क्षेत्री, पुर्वआरसी एसिया प्यासिफिक त्रिलोक गुरुङ, पुर्व सल्लाहकार युवराज गुरुङ, पुर्व अध्यक्ष बेलायतका मुक्षेत्र गुरुङ, पुर्व डिआरसी एसिया प्यासिफिक गोबिन्द श्रेष्ठ, बहराइनका पुर्व अध्यक्ष श्याम तामांग,पासाङ्ग लामा, युएसए,मिङ्गमा तामाङ्ग लगायतको सहभागिता रहेको थियो । ।






