नयाँ दिल्ली, फागुन १० – बलिउड क्षेत्र जति फराकिलो हुँदैछ, त्यति नै फराकिलो हुँदैछ यो क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुको मन । बलिउडमा स्थापित भइसकेको थुप्रै चर्चित कलाकारहरुले पर्दा अगाडि जति नै राम्रो बन्न खोजे पनि यीमध्ये थुप्रै पर्दा पछाडि वा वास्तविक जीवनमा नै सुन्दर छन् । उनीहरुको मनमा भएको समाजसेवाको भावनाले बाहिरी रुपमा सुन्दर भएका सेलिब्रिटीहरु मनैदेखि पनि सुन्दर भएको पुष्टि हुन्छ ।
उनीहरुले लिएको आफ्नो अंगदानको निर्णयले पक्कै पनि उनीहरुको उचाईलाई थप बढाउन सफल हुनेछ । यहाँ यस्ता १५ सेलिब्रिटीको बारेमा दिइएको छ जसले आफ्नो अंगदान गरिसकेका छन् ।
१. सलमान खानः
सलमानले आफ्नो बोन म्यारो दान गर्ने भएका छन् ।
२. रानी मुखर्जीः
रानीले आफ्नो दुई सुन्दर आँखा दान गर्नेछिन् ।
३. ऋचा चड्ढाः
उनले आफ्नो मुटु दान गर्ने मनसाय व्यक्त गरेकी छिन् । उनले आउँदो हप्ता नै मुम्बईमा गएर केहि पपरमा साइन गर्ने बताएकी छिन् ।
४. प्रियंका चोपडाः
प्रियंकाले आफ्नो पूरै आर्गन डोनेट गर्ने भएकी छिन् ।
५. आमिर खानः
आमिर खान र उनकी श्रीमती किरण रावले फिल्म ‘सिप अफ थिसिएस’ बाट प्रेरित भएर आफ्नो पूरै आर्गन डोनेट गर्ने भएका छन् ।
६. जया बच्चनः
जया बच्चनले आफ्नो दुबै आँखा दान गर्दैछिन् ।
७. सुनिल सेट्ठीः
लाइमलाइटबाट हराइरहेका सुनिल सेट्ठीले आफ्नो दुबै आँखा दान गरिसकेका छन् ।
८. फाराह खानः
फिल्म निर्माता र कोरियोग्राफर फाराह खानले आफ्नो दुबै आँखा दान गरिसकेकी छिन् भने आवश्यक परेका व्यक्तिहरुका लागि आफ्नो पूरै आर्गन डोनेट गरेकी छिन् ।
९. नन्दिता दासः
उनले आफ्नो सबै अंगहरु दान गरेकी छिन् । उनी भन्छिन्, ‘मरेर पनि कसैको जीवन बचाउनु भनेको सबैभन्दा राम्रो मरण हो ।’
१०. ऐश्वर्या रायः
निकै राम्रो आँखा भएको भनिएकी बलिउड नायिका ऐश्वर्या रायले आफ्ना तिनै सुन्दर आँखा दान गरिसकेकी छिन् ।
११. आर. माधवनः
नायक आर माधवनले आफ्नो आँखा, मुटु, फोक्सो, मृगौला, कलेजो, प्यान्क्रियाज, हड्डी र कार्टिलेज दान गर्नेछन् ।
१२. अमिताभ बच्चनः
बलिउडका ‘बिग बि’ भनिने अमिताभ बच्चनले आफ्नो आँखा दान गर्नेछन् ।
१३. शिल्पा सेट्ठीः
शिल्पाले आफ्नो आँखा दान गर्नेछिन् ।






